Logo

एनसेल प्रकरणमा राप्रपाले पनि छानबिन गर्ने, ज्ञानेन्द्र शाही तोकिए संयोजक



काठमाडौं,३ पुस । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले एनसेलको शेयर खरिदबिक्री प्रकरणबारे पार्टीभित्र पनि अनुसन्धान गर्ने भएको छ ।

तीन दिनसम्म काठमाडौंमा चलेको वैठक विभिन्न १३ बुँदे निर्णय गरेको राप्रपाले सांसद तथा संसदीय दलका मूख्य सचेतक ज्ञानेन्द्र शाहीलाई संयोजक बनाएर एनसेल प्रकरणको छानविन गर्ने निर्णय गरेको हो ।

एनसेल अजियाटाको शेयर बिक्रीमा भएको भ्रष्टाचारको राप्रपाले गम्भीर विरोधसमेत गरेको छ । यस विषयमा उच्चस्तरीय छानवीन गर्न राप्रपाले जोडदार माग गरेको छ ।

‘राप्रपाले पनि पार्टी भित्र अनुसन्धानका गर्नेछ। यसको लागि प्रवक्ता एवं सुशासन विभाग प्रमुख ज्ञानेन्द्र शाहीलाई संयोजक तोकिएको छ’। प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot