Logo

प्रो क्लब क्रिकेट च्याम्पियनसिपमा आज दुई खेल हुँदै



वीरगञ्ज, पुस ८ । वीरगञ्जमा सञ्चालित दोस्राे संस्करणको प्रो क्लब क्रिकेट च्याम्पियनसिप टि–ट्वान्टी प्रतियोगितामा आइतबार दुई खेल हुँदैछन् ।

नारायणी रंगशालामा सञ्चालित प्रतियोगिताअन्तर्गत आज दुई विभागीय टोली नेपाल पुलिस क्लब र नेपाल एपिएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ।

नेपाल आर्मी क्लब र पर्सा-११ बीच अर्को प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको अंक तालिकामा नेपाल आर्मी चार अंकसहित शीर्षस्थानमा छ भने समान चार अंकका साथ पर्सा- ११ दोस्रो स्थानमा छ।

अंक तालिकामा समान दुई-दुई अंकसहित नेपाल एपिएफ क्लब तेस्रो र नेपाल पुलिस चौथो स्थानमा छन्। भारतको युपी- ११ र भारतकै वान्डर्स क्लब अंकविहीन छन्।

नारायणी रंगशालाप्रति तिनवटै तहका सरकारको ध्यानाकर्षण गराउन र क्रिकेट खेलको विकास गर्ने उद्देश्यले पर्सा क्रिकेट संघ र जोहरा इन्टरनेशनलले संयुक्तरूपमा प्रतियोगिता आयोजना गरेका हुन्।

प्रतियोगितामा पर्सा- ११, त्रिभुवन आर्मी, नेपाल पुलिस, एपिएफ क्लब, भारतको वान्डर्स क्लब र युपी- ११ गरी छ टिमको सहभागिता रहेको प्रतियोगिताका प्रबन्धक दाउद अन्सारीले जानकारी दिए। प्रतियोगिता पुस १४ गतेसम्म सञ्चालन हुनेछ।



प्रतिक्रिया दिनुहोस्