Logo

एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै



काठमाडौं, पुस १७ । आज एकै समयमा दुई वटा संसदीय समितिको बैठक बस्दै छ । आज दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा पर्सा र कास्की समूहको स्थलगत अनुगमन भ्रमणको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, दिउँसो १ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा भूकम्प प्रभावित क्षेत्रका विद्यालयहरूको अवस्था र पुनर्निर्माणका सम्बन्धमा छलफल हुने जनाईएको छ । बैठकमा शहीद दशरथ चन्द राष्ट्रिय स्वास्थ्य विज्ञान विश्वविद्यालय (गेटा विश्वविद्यालयल) र डडेलधुरा मेडिकल कलेज सञ्चालनका सम्बन्धमासमेत छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot