Logo

‘सहकारी पीडितको पीडामा दरिलो उभिन सकिँन भने यो अनुहार लिएर भोट माग्न आउँदिन’



काठमाडौं,१७ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले कान्तिपुर मिडियारिुद्ध गाली बेइज्जतीको मुद्दा दायर गरेका छन् । मंगलबार लामिछानेले आफूविरुद्ध कान्तिपुरले भ्रामक समाचार लेखेको भन्दै जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेका हुन् ।

लामिछानेले कान्तिपुर पब्लिकेसन प्रालिका अध्यक्ष कैलाश सिरोहिया,प्रबन्ध निर्देशक सम्भव सिरोहिया,प्रधान सम्पादक उमेश चौहान,इकान्तिपुर र पत्रिकालाई विपक्षी बनाएर मुद्दा दायर गरेका हुन्।

लामिछानेले कान्तिपुरबाट १५१ रुपैयाँ क्षतिपूतिसमेत माग गरेका छन् । उनले मुद्दा दर्ता गरेपछि सामाजिक सञ्जालमा स्टाटस लेख्दै सहकारी पीडितको पक्षसमा सदनमा भएका सांसदमध्ये सबैभन्दा दरिलो आवाज उठाउन नसके अर्कोपटक भोटमाग्न नआउने उद्घोषसमेत गरेका छन् ।

रविले सामाजिक सञ्जालमा स्टाटस लेख्दै समाचारमा आएका सहकारीको आफू सञ्चालक, सेयर होल्डर, बचतकर्ता, सदस्य, लगानीकर्ता, खातावाल केही पनि नभएको बताएका छन् ।

‘मैले ती सहकारीहरुमा कुनै रकम राख्ने, झिक्ने, मिलाउने काम गरेको छैन । मेरो नाम राखिएरदेखिए लगायतका अन्य विषयमा समेत कानूनी परामर्शमा छु’, उनले भनेका छन् । आफू लोकतन्त्रको बलियो आधारमध्येको एक प्रेस स्वतन्त्रताको पक्षमा जीवनभर लडिरहने उनको भनाइ छ ।

रविले भनेका छन्,‘सहकारी पिडितहरुको पीडामा सदनमा भएका मध्ये सबैभन्दा दरिलो उभिन सकिन भने यो अनुहार लिएर भोट माग्न आउँदिन,यो मेरो वचन भो’ ।

पछिल्लो समय कान्तिपुरले पोखरा,चितवन,बुटवल लगायतका सहकारीहरूमा सर्वसाधरणले जम्मा गरेको पैसा ग्यालेक्सी टिभीका अध्यक्ष जिबी राईले ठगी र अपचलन गरेर फरार भएको समाचारहरू लेखेको थियो। त्यसमा ग्यालेक्सीका तत्कालीन एमडीसमेत रहेका लामिछानेको संलग्नता रहेको भन्दै समाचारहरू प्रकाशन गरेको थियो।



प्रतिक्रिया दिनुहोस्