Logo

नारायणकाजीले माओवादीमा घरज्वाँई बसेर भन्सारदेखि संसार चलाएको एमाले सांसदको आरोप (भिडिओसहित)



काठमाडौं, १ माघ । नेकपा (एमाले) का नेता तथा सांसद दयालबहादुर शाहीले माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष तथा वर्तमान गृहमन्त्री नारायणकाजी श्रेष्ठको आलोचना गरेका छन् । उनले नारायणकाजीले आफ्नो पार्टी बनाउन नसकेको र ठूला पार्टीमा मिसिएर खाएको आरोप लगाए ।

हिजो (आइतबार) राति प्राइम टिभीबाट प्रसारण भएको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो टिप्पणी गरेका छन् । उनले भने,‘नारायणकाजी श्रेष्ठ जनमोर्चा हो, माओवादीमा जानुभयो । घरज्वाँई बस्नुभयो । अहिले पूरानो दुःख गर्ने माओवादी कहाँ छन् ? कहाँ ? नारायणकाजीको भन्सारदेखि संसार, सुनदेखि नुनसम्म सबै उहाँको छ ।’

उनले खुमबहादुर खड्कादेखि गोविन्दराज जोशीसम्मले लुटेको पैसा कांग्रेसले ०४८, ०५१, ०५६ र ०६४ को निर्वाचनमा एमालेविरुद्ध प्रयोग गरेको पनि सनसनीपूर्ण आरोप लगाए । उनले कांग्रृेसमा तान्त्रिक कांग्रेसले मूल कांग्रेसलाई निलेको पनि टिप्पणी गरे ।



प्रतिक्रिया दिनुहोस्