Logo

२३ औँ संस्करणको आहा! रारा गोल्डकप आजदेखि



काठमाडौं, माघ ९ । मोफसलको प्रतिष्ठित ‘आहा! रारा पोखरा गोल्डकप’ फुटबलको २३औँ संस्करण आजदेखि पोखरामा सुरु हुँदैछ । उद्घाटन खेल आयोजक सहारा र थ्रिस्टार क्लबबीच हुनेछ ।

पोखरा अन्तर्राष्ट्रिय फुटबल स्टेडियममा सञ्चालन हुने प्रतियोगिताका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको आयोजक सहारा क्लबले जनाएको छ । प्रतियोगितामा एक विदेशीसहित १२ टोलीले प्रतिस्पर्धा गर्दैछन् ।

प्रतियोगिता माघ २० गतेसम्म चल्नेछ । विजेताले १२ लाख र उपविजेता टोलीले ६ लाख नगदसहित ट्रफी प्राप्त गर्नेछ ।

प्रतियोगितामा नेपाल प्रहरी, त्रिभुवन आर्मी, सङ्कटा, मनाङ मस्र्याङ्दी, जावलाखेल, मच्छिन्द्र, चर्च ब्वाइज, राइजिङ स्टार फुटबल क्लब, थ्रिस्टार, पारो फुटबल क्लब भूटान, नेपाल एपीएफ र आयोजक सहारा क्लबले सहभागिता जनाउनेछन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot