Logo

शान्तिश्री परियारको प्रणय दिवसविशेष कोशेली ‘माया चाहिन्छ’ को भिडिओ सार्वजनिक



काठमाडौं, २ फागुन । गायिका शान्तिश्री परियारको नयाँ सांगितीक कोशेली ‘माया चाहिन्छ’ को भिडिओ सार्वजनिक भएको छ । गायिका परियारको आफ्नै शब्द तथा संगीत रहेको उक्त गीतको भिडिओ भ्यालेनटाईन्स डे’को अवसर पारेर सार्वजनिक गरिएको हो ।

भिडिओमा नायक तथा मोडेल पुष्प खड्का र मोडेल सनिशा भट्टराईको अभिनय रहेको छ । सुनिल बिक निर्देशित भिडिओलाई बुद्ध थापाले छायाँकन गरेका हुन् ।



प्रतिक्रिया दिनुहोस्