Logo

प्रेमी युद्धसँग विवाह गर्दै पूजा शर्मा (भिडिओसहित)



काठमाडौं, ३ फागुन । चर्चित नायिका पूजा शर्माले आफ्नो प्रेम-सम्बन्धबारे खुलेर कुरा गरेकी छिन् । प्राइम टिभीको चर्चित कार्यक्रम मेरो एउटा साथी छ मा नरेश भट्टराईसँगको कुराकानीमा यो जोडीले आफ्नो प्रेम सम्बन्धबारे खुलासा गरेको हो । पूजाले कार्यक्रममै प्रेमी युद्ध बानियाँलाई विवाहको प्रस्तावसमेत राखेकी छिन् ।

कार्यक्रम प्रस्तोता नरेशले युद्धलाई ज्वाँई भनेर सम्बोधन गर्छन् । कार्यक्रमको दौरान पूजाले प्रेमी युद्धलाई गुलाबको फूल दिएर ‘०८१ सालमा एक अर्कामा बाँधिनेछौं’ भनेर प्रस्ताव राखेकी हुन् । जवाफमा युद्धले सधैंभरि यसरी नै साथ पाउँ र जीवनभरि खुशीसाथ जीवन बिताउन पाउँ भन्ने कामना गर्दछन् । हेरौं भिडिओ :



प्रतिक्रिया दिनुहोस्