Logo

आज क्यानडा–११ विरुद्ध खेल्दै नेपाल ‘ए’



काठमाडौ, फागुन ८ । एकदिवसीय सिरिजमा आज नेपाल ‘ए’ टिमले क्यानडा–११ विरुद्ध खेल्दैछ । यी दुई टिमबीचको खेल अहिले बिहान साढे ९ बजेदेखि मुलपानी क्रिकेट मैदानमा सुरु हुन लागेको हो । सिरिजमा जीवित रहन नेपाल ‘ए’ लाई आजको खेल जित्नैपर्ने दबाबमा छ ।

यसअघि आइतवार भएको पहिलो खेलमा नेपाल ‘ए’ क्यानडासँग ४ विकेटले पराजित भएको थियो । तेस्रो तथा अन्तिम अभ्यास खेल पर्सि बिहीवार हुनेछ । यसअघि नेपालले क्यानडासँगको तीन खेलको एकदिवसीय शृङ्खलामा क्लिन स्वीप गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot