Logo

कुशल मल्लको अलराउन्ड प्रदर्शनमा आयरल्याण्ड ‘ए’ विरुद्ध नेपालको रवाफपूर्ण जित



काठमाडौं,१३ चैत । कुशल मल्लको अल्राउण्ड प्रदर्शनमा टी-२० खेलमा आयरल्याण्ड ए विरुद्ध नेपालले लगातार दोस्रो जित निकालेको छ । नेपालले आयरल्याण्ड ए माथि ७१ रनको रवाफिलो जित निकालेको हो ।

नेपालले दिएको १९९ रनको लक्ष्य पछ्याएको आयरल्याण्ड ए १८.३ ओभरमा १२७ रन बनाउँदा अलआउट भयो ।यसअघि पहिलो खेलमा सोमबार नेपालले वुल्भ्सलाई ६ विकेटले हराएको थियो ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जिती पहिले ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ओभरमा सात विकेट गुमाएर एक सय ९८ रन बनाएको थियो ।

आयरल्यान्डका ओपनरद्वय रोस एडियर र स्टेफिन डोहेनीले आक्रामक सुरुवात गरेका थिए। दुईबीच पाँच ओभरमा ४३ रनको साझेदारी भएको थियो।

रोस १७ रन र डोहेनी १३ बलमा २६ रन बनाएर आउट भए।

त्यसपछि कारमाइकल १८ रन र मोर्गन टपिङ २१ रनमा आउट भए। कप्तान निल रकले १७ रन मात्र बनाउन सके। गभिन होए १ रन र फिन ह्यान्ड ५ रनमै आउट भए। 

आयरल्यान्डविरुद्ध नेपालका कुशल मल्लले अलराउन्ड प्रदर्शन गरे । उनले बलिङतर्फ ३ ओभरमा १५ रन खर्चिएर ३ विकेट हात पारे ।

त्यसअघि उनले ब्याटिङमा १३ बलमा ३४ रन जोडेका थिए । सोमपाल कामीले पनि २.३ ओभरमा १७ रन खर्चिएर ३ विकेट लिए । कुशल भुर्तेल, विवेक यादव र करण केसीले पनि एकएक विकेट हात पारे ।



प्रतिक्रिया दिनुहोस्