Logo

संसदीय समितिमा गृहमन्त्री लामिछानेको प्रतिबद्धता : निर्मला पन्तलाई न्याय दिन लागिरहने छु



काठमाडौं, १४ चैत्र । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले निर्मला पन्तलाई न्याय दिलाउन लागिरहने बताएका छन् । उनले उक्त हत्या प्रकरणबारेमा मिहिन ढङ्गले अध्ययन गरिरहेको पनि विश्वास दिलाएका छन् । आज (बुधबार) राज्यव्यवस्था समितिको बैठकमा सांसदहरुले सोधेको प्रश्नमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।

उनले भने,‘मेरो पहिलो कार्यकालको निर्णय हो । निर्मला पन्तलाई न्याय दिनुपर्ने छ । त्यसमा लागिरहने छु ।’ यसअघि गृहमन्त्री बन्दा लामिछानेले निर्मला पन्तको हत्यारालाई कारबाही गरेरै छाड्ने उद्घोष गरेका थिए । तर, उनी त्यतिवेला नागरिकता विवादको कारण ३२ दिनमै सरकारबाट बाहिरिएका थिए । Photo By : Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्