Logo

आईपीएल : आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु भिड्दै



काठमाडौं, चैत २४ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज राजस्थान रोयल्स र रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) बीच खेल हुँदैछ । जयपुरमा हुने आजको खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजेदेखि शुरु हुनेछ ।

यसअघिका तीन वटै खेल जितेको राजस्थान ६ अङ्कका साथ तालिकाको दोस्रो स्थानमा छ । तर चार खेलमा एउटा मात्रै जितेको आरसीबी २ अङ्कका साथ आठौँ स्थानमा छ । आईपीएल क्रिकेटमा अहिलेसम्म राजस्थान र आरसीबीबीच ३० वटा खेल भएकोमा राजस्थानले १२ र आरसीबीले १५ खेल जितेको छ । तीन खेल नतिजाविहीन भएको छ ।

गएराति भएको खेलमा सनराइजर्स हैदराबादले चेन्नई सुपर किङ्ग्सलाई ६ विकेटले हराएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot