Logo

इलाम-२ मा माधव-झलनाथका उम्मेद्वार जितबहादुरको हरिबिजोग, जम्मा ४०८ मत पाए



काठमाडौं, १८ बैशाख । इलाम-२ को उपनिर्वाचनमा एमालेका सुहाङ नेम्वाङले शानदार जित निकालेका छन् । नेपाली कांग्रेसका डम्बर खड्कालाई ५ हजार ८ सय ३० मतको फराकिलो अन्तरले पराजित गरेका सुहाङले आफ्नो पिता स्वर्गीय सुवास नेम्वाङको विरासत जोगाएका छन् ।

उनले २७७७२ मत ल्याए । कांग्रेसका खड्का २१९४२ मतमै रोकिए । उता, तेस्रो स्थान हाँसिल गरेका स्वतन्त्र उम्मेद्वार डकेन्द्रसिंह थेगिमले भने ११४५७ मत ल्याए । रास्वपाका मिलन लिम्बुले ५०५० मत ल्याउँदा माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) का उम्मेद्वार जितबहादुर राईले भने जम्मा ४०८ मत ल्याएका छन् ।

इलामको यो उपनिर्वाचनमा एकीकृत समाजवादीका राईको लज्जास्पद हार हो । यसअघि बझाङको उपनिर्वाचनमा पनि माधव नेपालको पार्टीका उम्मेद्वार दिलबहादुर सिंहको जमानत जफत भएको थियो । उनले जम्मा २५१४ मत ल्याएका थिए । सो क्षेत्रमा एमालेका उम्मेद्वार दमन बहादुर भण्डारी ११६१३ मतसहित विजयी भएका हुन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot