Logo

गणपति लघुवित्तका शाखा प्रमुखहरुले दिए सामुहिक राजिनामा



काठमाडौं, १८ साउन । गणपति लघुवित्त वित्तीय संस्थाका शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिएका छन् । लघुवित्तको कर्मचारी विनियमावली अनुसार तलब तथा सेवा सुविधा नबढाएको भन्दै राजिनामा दिएर आन्दोलनमा उत्रिएका हुन् ।

हरेक दुई/दुई वर्षमा तलब तथा सेवा सुविधा बढाउनु पर्ने व्यवस्था रहेको भन्दै सोहि अनुसार साउनको पहिलो सातामा तलब सुविधा बढाउने निर्णय नगरेपछि उनिहरु आन्दोलनमा उत्रिएका हुन् ।

शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिए सँगै संस्थाको सञ्चालक समिति र उच्च व्यवस्थापनले नियम अनुसार तलब तथा सेवा सुविधा बढाउनका लागि बैठक बसिरहेको बुझिएको छ ।

शाखा प्रमुखहरुले सामुहिक राजिनामा दिएसंगै संस्थाको बोर्डले यसका लागि आवश्यक प्रकृयाँ अगाडि बढाउन निर्देशन दिइसकेको छ । कर्मचारीहरुले तलब सुविधाका साथै स्वास्थ्य बीमाको लागि पनि माग गरेका छन् ।

शाखा प्रमुखहरुले कोभिड १९ को महामारीको समयमा पनि गाउँ गाउँमा गएर काम गरेको तर संस्थाले भने आफ्नो सेवा सुविधाका विषयमा हेर विचार नगरेको भन्दै उनिहरु आन्दोलमा उत्रिएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्