काठमाडौं, २९ असोज । विजयादशमीको दिन भक्तपुरमा मनाइने एकान्त कुमारीको जात्रा सम्पन्न भएको छ ।
आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने जीवित देवीको रुपमा पूजा गरिने एकान्त कुमारीको पूजा बडादशैँको दशमीका दिन ब्रह्मायणी शक्तिपीठमा पूजा गरिन्छ । पूजा सकिएपछि सुजमारीमा भक्तजनहरुलाई दर्शनका लागि राखेर विधिवत रुपमा कुमारी घर पु¥याएर जात्रा सम्पन्न गर्ने गरिन्छ ।
बडादशैँको दिन तलेजुको आगमघरमा कुमारीलाई लगेर चारवेद पाठसहित पूजा गरिन्छ । पूजाअघि तिबुक्छेमा रहेको कुमारी घर र चतुब्र्रह्मा महाविहारमा गणेश, भैरवलगायत १२ कुमारीसँगै पूजा गरिने तलेजुका पुजारी नरेन्द्रप्रसाद जोशीले बताउनुभयो । (RSS)