Logo

गुरु पूर्णिमाको उपलक्ष्यमा शिक्षासेवीको शालिक अनावरण



काठमाडौं, २६ श्रावण । गुरु पूर्णिमाको अवसर पारेर सरस्वती विद्यागृह मा.वि.नवदुर्गास्थान भक्तपुरमा शिक्षाप्रेमी स्व.शारदाभक्त मधिकर्मीको अर्धकदको शालिक प्रतिस्थापित गरिएको छ ।

सरस्वती विद्यागृह मा.वि.मा २०१९ सालदेखि २०५४ सालसम्म प्रधानाध्यापकको हैशियतले सेवा गर्नभएका भक्तपुर जिल्लाको शिक्षाक्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्नभएका समाजसेवी तथा शिक्षाप्रेमी स्व.शारदाभक्त मधिकर्मीको स्कुल प्राङ्गणमा निर्मित अर्धकदको शालिक अनावरण गरिएको हो ।

सरस्वति विद्यागृह मा.वि. र सरस्वती विद्यागृह एलमोनाई एसोशियसन समेतको संयुक्त आयोजनामा आयोजित कार्यक्रममा उक्त स्कुलका पूर्व विद्यार्थी एवं व्यवस्थापिका संसदका सदस्य तथा पूर्व भूमिसुधार सहायक मन्त्री मा. दिनेश श्रेष्ठले अनावरण गर्नुभएको थियो ।

सरस्वति विद्यागृह एलमोनाई एसोशियसनका अध्यक्ष एवं पूर्व विद्यार्थी शिवकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा भक्तपुर जिल्लाका जिल्ला शिक्षा अधिकारी, विद्यालयका प्रधानाध्यापक पुण्यराम सुवाल, स्व.शारदाभक्तका भाइ ध्रु्रब मधिकर्मी, पूर्व शिक्षिका दुर्गादेवी हाडाको उपस्थियति रहेको थियो ।

उक्त अवसरमा स्व.मधिकर्मीका धर्मपत्नी श्रीमती नानीछोरी मधिकर्मीले कार्यक्रम आयोजकलाई रु.२५,०००।– को चेक हस्तान्तरण गर्नुभएको थियो ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot