Logo

देउवालाई नहटाएसम्म विश्राम लिन्नौँ, वालुवाटार गिरोहबाट संचालित छ : भण्डारी



३० पुस, काठमाण्डौ । नेपाली कांग्रेसका युवा नेता चन्द्र भण्डारीले सभापति शेरबहादुर देउवाको कमजोरीका कारण पार्टी कमजोर भएको आरोप लगाएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता भण्डारीले सभापति देउवाले अबका दिनमा कांग्रेसको सफल नेतृत्व गर्नसमेत नसक्ने आरोप लगाएका हुन् ।

प्रदेश र प्रतिनिधिसभाको चुनावमा पार्टीले भोगेको पराजयको जिम्मेवारी लिँदै देउवा,वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालाले समेत नयाँ पुस्तालाई पार्टी हस्तान्तरण गर्नुृपर्ने माग भण्डारीले राखेका छन् ।
अहिलेको बुढा पुस्ता असफल भएको उनको तर्क थियो ।

अब तत्काल केन्द्रिय समितिको बैठक बसेर छलफल गर्नुपर्ने र त्यसपछि महासमिति सदस्यहरुको बैठक बसेर विशेष अधिवेशन गर्नुपर्ने माग समेत भण्डारीले अघि सारेका छन् । विशेष अधिवेशनबाट देउवालाई सभापतिाट हटाउनुपर्ने उनको जिकिर छ ।

“कांग्रेस समाप्त भइसक्यो । अब पनि यही पुस्ताले नेतृत्व गरिरहने हो भने माथि उठ्न सकिदैन ।” भण्डारीले भने ।

आफूले गरेको नेतृत्व असफल भइसकेपछि अरुलाई छोड्नुपर्छ भन्ने कुरा देउवाले बुझ्नुपर्ने भण्डारीको तर्क छ ।

“बाबुआमा धेरै वृद्ध भइसकेपछि छोराछोरीलाई कारोबार हस्तान्तरण गर्नु त समान्य कुरा हो नि ।” भण्डारीले भने ।

कुराकानीका क्रममा भण्डारीले भूमिगत गिरोहबाट वालुवाटार संचालित रहेको दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot