Logo

पूर्वी नेपालमा पुगेर राजदुत पुरीले भने, ‘पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्न पहल गर्छु’



इलाम, ३० पुस । भारतीय राजदूत मञ्जिवसिंह पुरीले इलामको पूर्वी पशुपतिनगरमा अध्यागमन कार्यालय राख्न पहल गर्ने बताएका छन् । शनिबार पूर्वी सीमा नाकाको स्थलगत निरीक्षण गर्न पशुपतिनगर पुगेका राजदूत पुरीले स्थानीयले वर्षौंदेखि राखिरहेको अध्यागमन कार्यालयको मागबारे आफूले केन्द्र तहसम्म पहल गर्ने बताएका हुन् ।

सूर्योदय नगरपालिकाका जनप्रतिनिधिसँग कुराकानी गर्दै उनले नेपाल–भारत व्यापार प्रवद्र्धनका लागिसमेत आफूले पहल गर्ने विश्वास दिलाए । दवै क्षेत्रका नागरिक र व्यापारका लागि सहज बनाउने प्रयत्न गर्ने आश्वासन राजदूत पुरीले दिएका छन् ।

झापाको काँकडभिट्टा नाकाको निरीक्षणपछि इलाम पुगेका राजदूत पुरीले भन्सार कार्यालय, सीमा क्षेत्रलगायतको स्थलगत निरीक्षण गरेका थिए । जनप्रतिनिधि र पशुपतिनगरका व्यवसायीले राजदूत पुरीसमक्ष पशुपतिनगरमा भन्सार, सीमा सडक विस्तार तथा स्तरोन्नति, क्वारेन्टाइन र अध्यागमन कार्यालय तत्काल खोल्न माग गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot