Logo

भेटघाट रेष्टुरेण्टले नियमित रुपमा दोहोरी साँझ सञ्चालन गर्ने



लन्डन, ४ माघ । लन्डनको अल्डरसटस्थित बेलायतमा पहिलो दोहोरी साँझ भेटघाट रेष्टुरेण्टले पुनः नियमित रुपमा दोहोरी साँझको आयोजना गर्ने भएको छ ।

गायिका मञ्जु बिक र गायक सञ्जय लाफाले प्रत्येक बुधबार देखी आइतबार साँझ सम्म नेपाली लोक तथा दोहोरी गीत लगायत विभिन्न गीतहरु गाएर ग्राहकहरुलाई भरपूर मनोरञ्जन दिलाउन लागिएको हो । उहाँहरुको सुमधुर स्वरकासाथ नेपाली स्वदिष्ट भोजनका लागि भेटघाट रेष्टुरेण्टलाई सम्झन अनुरोध गरिएको छ ।

नेपाली कला र संस्कृति संरक्षण र सम्वद्र्धन गर्ने, विदेशी भूमिमा नेपालीपनलाई जिवन्त राख्नका लागि पनि हामीले दोहोरी साँझलाई पुनः निरन्तरता दिन लागिएको , भेटघाट रेष्टुरेष्ट अल्डरसट युकेका प्रवन्ध निर्देशक शेरबहादुर सुनारले बताए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot