Logo

साम्राज्ञी लन्डनमा, ‘इन्टु मिन्टु लण्डनमा’को धमाधम छायाँकन



काठमाडौँ ६ माघ : चलचित्र ‘इन्टु मिन्ट लन्डन’मा को फस्टलुक सार्वजनिक भएको छ। यतिबेला छयाँकनका लागि लन्डनमा रहेको टोलीले छायांकनस्थल लन्डनबाटै पोस्टर सार्वजिक गरेको छ।

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको भिसा समस्याका कारण रोकिएको ‘इन्टु मिन्टु लण्डनमा’को यतिबेला लन्डनका प्रमुख शहरहरुमा धमाधम छायाँकन भैरहेकको छ। साम्राज्ञीको भिसाको समस्या हल भएपछि उनी गतहप्ता लण्डन उडेकी हुन्। सार्वजनिक पोस्टरमा लण्डनको प्रमुख सहरको सडकमा नायिका साम्राज्ञी र नायक धिरज मगर मुस्कानका साथ हिँडिरहेको देख्न सकिन्छ।

इन्टु मिन्टु लन्डनममा साम्राज्ञी र धिरजका अलावा शारुक ताम्राकार पनि प्रमुख भूमिकामा देखिएका छन्। रेनाशा वान्तवा राईले पहिलो पटक निर्देशन गरेको फिल्मको निमार्ण प्रभु समशेर जबरा र प्रज्ज्वल समशेर जबराले गरेका हुन्।

फिल्ममा अभिमन्यु दीक्षित र रेनाशाको लेखन, संवाद आभास कर्माचार्य, छायाँकन शैलेन्द्र धोज कार्की र बसन्त सापकोटाको संगीत रहेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot