Logo

ठूलो विवादकाबीच ‘केदारनाथ’को ट्रेलर सार्वजनिक



काठमाडौं । बलिउड फिल्म ‘केदारनाथ’ को ट्रेलर सार्वजनिक भएको छ । सुशान्त सिंह राजपुत र सारा अली खानको मुख्य भुमिकामा रहेको फिल्म टीजर सार्वजनिक देखिनै निकै विवादमा फस्दै आएको छ ।

२०१२ मा केदारनाथमा आएको प्राकृतिक प्रकोपलाई फिल्ममा टे«लरमा देखाईएको छ । यो सँगै प्रोमोमा एक हिन्दु केटी र मुस्लिम केटाको पे्रमकथालाई समावेश गरिएको छ । यो फिल्मको लभ सिनलाई आपत्ति जनाउँदै केदारनाथका पुरोहितहरुले विरोध प्रर्दशन गरिरहेका छन् भने सेन्सर बोर्डले फिल्म रोक्नको लागि चिठी समेत काटेको छन् ।

अभिषेक कपूरले निर्देशन गरेको फिल्म रिलिज हुन त्यति सहज देखिएको छैन । ७ डिसेम्बरमा रिलिज हुने फिल्ममा सारा र सुशान्तसँगै नितिश भारद्धाज, अल्का अमिन, सोनाली सच्देव, पुजा गोर, निशान्त दहिया लगायत कलाकारहरुको अभिनय रहेको छ । एजेन्सी



प्रतिक्रिया दिनुहोस्

Screenshot