Logo

जिल्ला तहको एकता सचिवालयले टुङ्ग्याउनु गल्ती भयो : ज्ञवाली



वैशाख १०, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टीका नेता युवराज ज्ञवालीले जिल्ला तहको एकताले स्थानीय तहको एकताको बाटो खोलेको बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै ज्ञवालीले अब बाँकी एकता प्रक्रिया पनि क्रमशः सम्पन्न हुँदै जाने विश्वास व्यक्त गरेका हुन् । तर जिल्ला नेतृत्व बाँडफाँटमा भने ज्ञवालीले असन्तुष्टी व्यक्त गरेका छन् ।

स्थायी समिति बैठकले टुङ्ग्याउनुपर्ने विषय सचिवालय बैठकले गर्नु त्रुटीपूर्ण भएको ज्ञवालीको जिकिर छ । “स्थायी समिति बैठकबाट अनुमोदन गराउनुपर्ने थियो । तर सचिवालयले सार्वजनिक गर्नु त्रुटीपूर्ण हो । कमिटिलाई वाइपास गर्ने प्रवृत्ति सच्याउनुपर्छ ।” ज्ञवालीले बताए ।

यथासिघ्र स्थायी समितिको बैठक राखेर बाँकी टुङ्ग्याउनुपर्नेमा ज्ञवालीले जोड दिए । जिल्ला अध्यक्ष र सचिवका विषयमा भएका कमी कमजोरी र असन्तुष्टीलाई ठूलो इस्यु नबनाउन ज्ञवालीले आग्रह गरे ।

ज्ञवालीले एक व्यक्ति एक पद लागु गर्न पनि माग गरेका छन् । जिल्ला तहको एकताले पनि धेरै व्यक्तिले बहुपद सम्हाल्नुपर्ने अवस्था आएकाले सच्याउनुपर्ने उनको भनाई थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot