Logo

पत्रकार महासंघ कांग्रेसको भातृ संगठन हो, आन्दोलनको औचित्य छैन (भिडियोसहित)



जेठ ३१, काठमाण्डौ । सुचना तथा संचार प्रविधि मन्त्री गोकुल बास्कोटाले नेपाली कांग्रेसको जागरण अभियान जस्तो नेपाल पत्रकार महासंघको आन्दोलनले सरकारलाई कुनै असर नगर्ने बताएका छन् ।

प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै मन्त्री बास्कोटाले महासंघको आन्दोलनको औचित्य नभएको बताएका हुन् ।

मिडिया काउन्सिल विधेयकमा उल्लेख गरिएका केही प्रावधान सच्याउन आन्दोलन गरिरहेको महासंघलाई मन्त्री बास्कोटाले कांग्रेसको भातृ संगठनको संज्ञासमेत दिए ।

सरकारले संसदमा प्रस्तुत गरेको मिडिया काउन्सिलसम्बन्धी विधेयकको विरोधमा आन्दोलन गर्दै आएको नेपाल पत्रकार महासंघले आन्दोलन जारी राखेको छ ।

प्रेस जगतलाई नियन्त्रण गर्नेगरि बिधयेक अघि बढ्न नहुनेमा महासंघले जोड दिदै आएको छ । तर मन्त्री बाँस्कोटाले मिडिया काउन्सिल विधेयकको विषयमा नपढिकन टिप्पणी गरिएको आरोप लगाएका छन् । मन्त्री बास्कोटोले विधेयकले लोकतन्त्र नै खतरामा पारेको भन्ने टिप्पणी गलत भएको समेत बताए । उनले पत्रकारिता तथ्यकारिता भएको भन्दै आशंकाकारितालाई निरुहात्सित पार्नुपर्ने उल्लेख गरे ।

विधेयक फिर्ता नहुने अडान पनि मन्त्री बास्कोटाले लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot