Logo

विदेशमा रहेका सम्पूर्ण नेपालीहरुलाई आग्रह गर्दे कन्काइष्ट राई (भिडियो सहित)



काठमाडौं । चर्चित गीतकार भूपाल राई ‘फर्क साथीहरु’ बोलको नयाँ गीत लिएर दर्शकसामू आएका छन् । गीतमा रोजगारीको सिलसिलामा विदेशिएका नेपाली दाजुभाई तथा दिदिबहिनीलाई स्वदेश फर्किन आग्रह गरिएको छ । उक्त गीतमा संगित भने डक्टर किराँतले भरेका छन् ।

ओएसआर डिजिटल’ युट्युव च्यानलमार्फत हालै सार्वजनिक भएको उक्त गीतलाई दर्शकले निकै रुचाएका छन् । किराँत नव–सांस्कृतिक केन्द्रको प्रस्तुति र कन्काईष्ट राईको स्वर रहेको उक्त गीतको भिडियो निर्देशन निकेश खड्काले गरेका छन् । गीतमा पार्वन राई, जाईका बान्तवा, दिपेश राई, लता कार्की, जोर्डन राजभण्डारी, अस्मिता राई र रेखा मगरको जोडदार अभिनय रहेको छ ।



प्रतिक्रिया दिनुहोस्