Logo

शिल्पा सेट्टीलाई घ्यु नभई नहुने, आलु खानु हुन्न भन्नेलाई झापड



काठमाडौं । बलिउडकी चर्चित नायिका शिल्पा सेट्टी फिटनेशबारे निकै सचेत छिन् । नियमित योगाभ्यास गर्दै आएकी सेट्टी डाईटिङबारेपनि उतिकै कन्सियस छिन् ।

जब उनलाई डाइटिंगबारे सोधिएको थियो तब उनले आम मान्छेमा पोषणको बारेमा ज्ञान हुन जरुरी रहेको प्रतिक्रिया दिँदै भनिन्,”३० प्रतिशत वर्कआउट हुनुपर्छ । चाहे, त्यो जिम होस वा योगा होस । तर, फिट हुनको लागि तपाईलाई ७० प्रतिशत सही डाईट हुनुपर्छ । तर, डाईटको मतलव यो होईन कि तपाई तेल नै खान छोडनुहोस ।’

उनले आफूले दबाएर जिरा आलु खाने गरेको पनि सुनाईन् । उनले भनिन्,”मान्छे आलुसँग नफरत गर्छन । कसले भन्छ आलु खाँदा मोटो भईन्छ भनेर ? कसले भन्छ खाना पकाउँदा ओलिभको तल हाल्नुपर्छ भनेर । म त खानामा बेस्सरी घ्यु हाल्छु । र, खान्छु पनि । घ्युबिना मेरो खाना नै अधुरो हून्छ ।’ यो समाचार बिबिसी हिन्दीले विशेष महत्वका साथ प्रकाशित गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot