Logo

सँसारभर अचाक्ली गर्मी, गंगा नदी नजिकका समथर क्षेत्र जीवनका लागि अयोग्य बन्दै



यो वर्ष गर्मी र तातो हावाले विश्वभर किर्तिमान कायम गर्यो । नेपालको पश्चिमी तराईमा तातो हावाका कारण मे महिनामा जनजीवन प्रभावित भयो । तातो हावाका कारण तापक्रम ह्वात्तै बढ्यो ।

पछिल्लो अध्ययन अनुसार गंगा नदी किनारका कतिपय क्षेत्रहरुमा जीवन कठिन बन्दै गएको छ । जीवनका लागि आवश्यक वातावरणीय मापदण्ड नपुग्ने अवस्था बन्न लागिसकेको छ । पानीको समस्या बढेको छ । तापक्रम बढ्दा कतिपय क्षेत्रहरु मानव जीवनका लागि अनुपयुक्त हुँदैछन् । गंगा नदीको क्षेत्रहरुमा नेपाल र भारतका समथर भूमि पर्दछन् ।

यूरोपमा गर्मीले किर्तिमान कायम गर्यो । फ्रान्समा ४५ डिग्री सेल्सियस भन्दा माथि तापक्रम चढ्यो । तातो हावाका कारण जनजीवननिकै प्रभावित भयो । स्पेनले पनि तातो हावाका कारण समस्या भोग्यो ।

भारतमा प्रचण्ड गर्मीका कारण एक सय जनाको मृत्यु भइसकेको छ । उत्तर प्रदेश, राजस्थानलगायतका राज्यहरुमा तातो हावाले घरबाहिर निस्कन कठिन भयो । दिल्ली र लखनऊमा तापक्रम ४८ डिग्री मापन गरियो । गुजरातको अहमदाबाद र मध्य प्रदेशको भोपालमा ४६ डिग्री रेकर्ड भयो ।

दिल्लीमा तापक्रम बढेर किर्तिमान बन्यो । जुन महिनामा ४८ डिग्री पामन भयो । राजस्थानको चुरुमा ५० डिग्री कट्यो ।

जनवरी महिनामा अष्ट्रेलियामा तातो हावाका कारण तापक्रमले किर्तिमान बनायो । तातो हावाका कारण जनजीवन प्रभावित भयो ।
अफ्रिकी देशहरुमा पनि तातो हावाको समस्या बढ्यो । जिम्बाबेमा तातो हावाले तापक्रमले किर्तिमान बनायो ।

विश्वभर बढेको तापक्रम र वातावरणीय चुनौतीका कारण वैज्ञानिकहरु गम्भीर बनेका छन् । यो मानवकै अस्तित्वमाथि संकट आउनेतर्फ जाँदै गरेको भन्दै चिन्ता व्यक्त गर्न थालिएको छ । एजेन्सी तथा मौसम तथ्यांकका आधारमा



प्रतिक्रिया दिनुहोस्

Screenshot