Logo

हाँस्यकलाकार श्रीकृष्ण लागे शौचालय सफाई अभियानमा (भिडियोसहित)



काठमाडौं, भदौ २२ । यी हुन् हाँस्यकलाकार श्रीकृष्ण सिंखडा । नेपालका जुनसुकै नेताहरुको बोलीको हुबहु आवाज निकाल्न सक्ने यीनी आजकल शौचालय सफाई अभियानमा लागेका छन् ।

सिंखडा प्रत्येक विहान जुरुक्क उठेर सार्वजनिक विद्यालय, कलेज र अस्पतालहरुको शौचालय सफाईमा जुट्ने गर्छन् । हातमा पञ्जा र मुखमा मास्क लगाउँछन्, ब्रस, हर्पिक र फिनेल बोकेर दौडन्छन् । चीया खर्च कटाएर शौचालय सफाईमा खर्चने उनको योजना अगाडि बढिसकेको छ ।

सिंखडाले काठमाडौं उपत्यकाका सार्वजनिक शैक्षिक संघसंस्थाका सबै शौचालय सफाई अभियान चलाएपछि संस्थाका जिम्मेवार अधिकारीहरुमाथि समेत दबाब परेको छ । उनले रुटिन बनाएर शौचालय सफाईमा सक्रियता देखाएका हुन् । रत्नराज्यलक्ष्मी क्याम्पसबाट उनले चर्पी सफाई अभियान थालेका हुन् । २५ भदौमा पशुपति स्कुल पुग्ने र ३० गते आदर्श स्कुल भदवास पुग्ने योजना बनाएका छन् ।

देशव्यापी शौचालय सफाई अभियानमा एक्लै लागेका सिंखडा विस्तारै धेरैको साथ मिलेको बताउँछन् । उनी भन्छन्, ‘जबसम्म शौचालय सफा हुँदैन तबसम्म हामीप्रतिको दृष्टिकोण सकारात्मक हुँदैन । रोगले पनि आक्रमण गर्छ ।’ आफू देशव्यापी शौचालय सफाई अभियानमा लाग्दा खुशीको अनुभव भइरहेको बताए । उनले भने, ‘सभ्य देखिन शौचालय सफा हुनुपर्छ र गर्नुपर्छ ।’

निम्न वर्गका मानिसहरु पढेर राज्यको उच्च निकायमा जाने र शौचालयको दुरावस्था जानेर पनि केही नगरेकोमा अब जाग्न भने । उनले भने, ‘म चर्पी सफाई गर्छु ।’



प्रतिक्रिया दिनुहोस्

Screenshot