Logo

काकामाथि खुकुरी प्रहार गर्ने भतिजा पक्राउ



काठमाडौं । प्रहरीले काकामाथि खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा एक जनालाई पक्राउ गरेको छ । प्रहरीले खोटाङ आफ्नै काका नाता पर्ने ४२ वर्षीय बालाराम कटुवाललाई धारिलो खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा मझुवागढी नगरपालिका–५ कटुवाल टोल बस्ने २५ वर्षीय दिनेश कटवाललाई २४ भदौं राति पक्राउ गरेको हो ।

उनले मादक पदार्थ सेवन गरी घरायसी विवादको कारण खुकुरी प्रहार गरेको खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरीले उनलाई खुकुरी सहित पक्राउ गरेको छ । जिल्ला अस्पताल खोटाङ दिक्तेलमा घाइते बालारामको उपचार भइरहेको छ ।

त्यसैगरी, प्रहरीले मोरङ, विराटनगर महानगरपालिका–१५ बस्ने २१ वर्षीय सागर महतोलाई धारिलो हतियार खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा सोही महानगरपालिका–११ जनपथ टोल बस्ने १९ वर्षीय भवानी पासवानलाई २३ भदौं बिहान पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित कोबास कलेजमा क्यान्टीन संचालक गर्ने सागर महतोलाई भवानी पासवानले खुकुरी प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ पक्राउ गरेको हो ।

प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्