Logo

करिब सात वर्षपछि भुवनको “मिस्टर नेपाली” (भिडियोसिहत)



अभिनेता भुवन केसी अभिनीत चलचित्र “मिस्टर नेपाली” को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रमा भुवनले दोहोरो भूमिका निर्वाह गरेका छन् । सार्वजनिक ट्रेलरमा भुवनले गरेको एउटा चरित्र नेगेटिभ देखिएको छ । २९ कात्तिकबाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्रको कथा, पटकथा, संवाद र निर्देशनसबै देव भुषालले गरेका छन् ।

चलचित्रमा विदेशबाट फर्किएका युवक र गाउँमा एक्लो राज गरेर बसेको व्यक्तिको टकरावलाई देखाइएको छ । एक समय नेपाली फिल्ममा बलियो साम्राज्य बनाएका अभिनेता भुवन केसी करिब ७ वर्षपछि यो चलचित्रबाट कमब्याक गर्दैछन् । चलचित्रमा भुवनका अलावा रीमा विश्वकर्मा, बिष्णु सापकोटा, रवि डंगोल, कमलमणी नेपाल, नन्दु श्रीवास्तवलगायतका कलाकारको अभिनय रहेको छ । यो फिल्मबाट साहिल श्रेष्ठ र कुसुम राउतले अभिनयमा डेब्यू गर्दैछन् ।

चलचित्रको छायांकन निरज कँडेलले गरेका छन् भने कविराज गहतराजको कोरियोग्राफी रहेको छ । प्रेमराज दाहालले चलचित्रमा लगानी गरेका हुन् । विदेशमा बस्ने नेपालीको देशप्रतिको माया र गाउँमा राजनीतिलाई टेकेर हुने शोषणमा फिल्म आधारित छ ।

हेर्नुहोस् भिडियोः



प्रतिक्रिया दिनुहोस्

Screenshot