Logo

छापिएका र हस्तलिखित नक्सा सुरक्षित



काठमाडौं, मंसिर २ । भारतले सार्वजनिक गरेको नया लिपुलेक, लिम्पियाधुरा र कालापानीको नक्सा राष्ट्रिय अभिलेखालयमा सुरक्षित भेटिएको छ । लिपुलेकको ८० वर्षअघिदेखि तिरो तिरेका हस्तलिखित अभिलेख सुरक्षित भेटिएको हो ।

मन्त्रीपरिषद्को बैठकले बिसं २०७३ साल पुसमा अभिलेखालयलाई लिपुलेक लगायत नेपालसंग भएका सबै छापिएका र हस्तलिखित नक्सा सुरक्षित राख्न उपलब्ध गराएको थियो।

लिपुलेकको अभिलेखमा सरकारले बिसं १९९७ मा करिब १७ हजार रुपिया तिरो तिरेको देखिएको छ। अभिलखालयमा कालापानी क्षेत्रको बिसं १९३४ मा प्रकाशित नक्सा, विभिन्न स्थानको सिमाको तथ्याङक, तिरो तिरेको विवरणसहित १ सय ३८ स्थानको हस्तलिखित र १ सय ७८ वटा छापिएको नक्सा उपलब्ध गराइएको छ।

अभिलेखमा सन्धी सम्झौता, राणाका पारिवारिक खर्च लगायत अधिकांस सामग्री पठाएको छ। अभिलेखालयमा १८ औ सताब्दीदेखिका सामग्री पठाइएको छ।

परराष्ट्र मन्त्रालयले पठाएको ती सामाग्रीमध्ये लिपुलेक, कालापानी, लिम्पियाधुरा क्षेत्रको भुभागको विवरण सार्वजनिक गर्न सरकारलाई दवाव आइरहेको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot