Logo

हिंसापीडित महिलाका लागि मुलपानीमा ‘सेफहाउस’



काठमाडौं, मंसिर १० । हिंसापीडित महिलाका लागि मुलपानीमा आश्रयस्थल सञ्चालनमा ल्याइएको छ । सात करोड लागतमा बनेको सेफहाउस सोमबार लैंगिक हिंसाविरुद्ध १६ दिने अभियानको अवसर पारेर सञ्चालनमा ल्याइएका हो ।

इटालिएन गैरहसरकारी संस्था एपेरियनको सहयोगमा सेफहाउस निर्माण गरिएको हो । सेफहाउसमा २० जना महिला तथा १५ बालबालिका अटाउन सक्ने क्षमता रहेको संस्थाले जनाएको छ ।

सेफहाउसमा लैंगिक हिंसामा परेका महिलालाई आवास, मेडिकल र मनोसामाजिक एवं कानुनी परामर्श उपलब्ध गराइने संस्थाको भनाइ छ । सेफहाउसको उद्घाटन राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य मोहना अन्सारीले गरेकी थिइन ।राजधानी दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot