Logo

खुशी कसरी हुने



खुशी रहन जो कोहिलाई पनि मन लाग्छ, तर प्रायजसो मानिसहरु दुखमा नै हुन्छन् । चिन्ता र तनाब हरेक मानिसको जिन्दगीमा आउँछ । यसलाई हामीले कसरी व्यावहारीक रुपमा लिने भन्ने गौण हो । खुशी रहने केहि सरल टिप्सहरुको बारेमा चर्चा गरौ ।

हासोः हास्नु सबैभन्दा आवश्यक हो, परिस्थिती चाहे जस्तो होस् तपाईको अनुहारमा मुस्कान भएमा हरेक मुस्किल पनि सजिलो हुन्छ ।
प्रेरणा लिनुहोस्ः जुन व्यक्तिको काम राम्रो लाग्छ उ बाट प्रेरणा बाट लिनुपर्छ । अखबारको साटो किताब पढ्ने बानी गर्नपर्छ । हरेक व्यक्तिमा राम्रो र नराम्रो पक्ष हुन्छ, तपाइँले के सिक्ने तपाइँमा नै निर्भर हुन्छ । व्यक्तिको राम्रो पक्ष सिक्नु वा आत्मसाथ गर्ने प्रयास गर्नुहोस् ।
आराम गर्नुहोस्ः स्वस्थ रहनको लागि क्रोध त्याग्नुपर्छ । क्रोधलाई तुरुन्त त्यागेर सबैकुराको नियन्त्रण गर्ने कोशिस गरी आराम गर्नुहोस् ।
सकरात्मक मानिससँग बस्नेः सकरात्मक सोच भएका मानिसहरुसँग संगत गर्नु धेरै महत्वपुर्ण हुन्छ ।
दयालुः यसको शुरुवात आफैबाट गर्नू उत्तम हुन्छ । आफैप्रति दयालु हुँदा आफ्नो सोचमा सकरात्मक विचार आउछ ।
विश्वास गर्नुहोस्ः यो दुनिया विश्वासले चलेको छ । तपाइँको विश्वासले तपाइँको दिशा निश्चित गर्छ । अरुको विश्वास जित्नु वा गर्नु खुशी रहने मुल मन्त्र हो । आत्मविश्वास यसैबाट शुरुवात हुन्छ ।
ध्यान विभाजन गर्नुहोस्ः जसले तपाइँलाइृ धेरै दुख दिएको छ, त्यसलाई हटाएर कुरा तिर लाग्न तपाइँलाई राम्रो लाग्छ । प्रायजसो हामीले अर्काको कुरामा धेरै ध्यान दिन्छौ र उनीहरुको व्यवहार विपरित भएमा दुख मान्छौ । अतः आफुलाई जे राम्रो लाग्छ अपेक्षाको साथमा उहि काम गर्नु पर्छ ।
माया गर्नुहोस्ः हामी सबैको जीवनमा एक पटक माया अवश्य गरेका हुन्छौ । स्वास्थ्य रहनको लागि मायाको ताकतको ठुलो भुमिका हुने वैज्ञानिकहरुले बताएका छन् । सच्चा दिलले कसैले माया गरेमा माया साच्चै नै विशाल बन्छ । आफ्नो प्रेमी वा प्रमिकालाई खुशी दिनुहोस्, आफुलाई पनि त्यत्ति नै माया मिल्नेछ । खूशी यो भन्दा बढी कतैबाट प्राप्त हुँदैन ।



प्रतिक्रिया दिनुहोस्

Screenshot