Logo

कोरोना कहर–घर बाहिर ननिस्कन आग्रह



कलैया, १४ चैत्र । कोभिड –१९ को सम्भावित जोखिम आउन नदिन लगाइएको लकडाउन यहाँ प्रभावकारी देखिएको छ । चौथोदिन आज स्थानीयवासी घरभित्र बसी सो कोरोना भाइरस विरुद्ध लड्ने सरकारको आह्वानलाई साथ र सहयोग दिइरहेका छन् ।

तीनवटै सुरक्षा निकाय नेपाल प्रहरी,सशस्त्र प्रहरी बल र नेपाली सेनाले लकडाउनको अनुगमन गरी घरबाहिर ननिस्कन आग्रह गर्दै आएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता गौतम मिश्रले जानकारी दिए।
लकडाउनलाई अवज्ञा गर्न खोज्ने ५ जना र ४२ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएको उनले बताए । जिल्लाका स्थानीय तहले कोरोना भाइरसका बारेका सचेतना, अन्यत्रबाट गाउँ आएकाको पहिचान र आवश्यक स्वास्थ्य परीक्षणमा सहयोग र समन्वय समेत गरिराखेका छन् । रासस



प्रतिक्रिया दिनुहोस्

Screenshot