Logo

पाँचथरमा उपकरण अभाव



पाँचथर, १४ चैत्र । कोभिड – १९ को सम्भावित जोखिम हुन नदिन पाँचथरमा तयार पारिएको निगरानी कक्ष क्वारेन्टाइन तथा आइसोलेशनमा आवश्यक उपरकण सहित औषधिको अभाव देखिएको छ ।

विशेषगरी स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट पिपिई,मास्क, ग्लोब्स तथा सेनिटाइजरको अभाव देखिएको जनाइएको छ । जिल्ला सदरमुकाम फिदिममा बनाइएको क्वारेन्टाइन, पाँचथर, पाथिभरा र समर्पित अस्पताल तथा फिदिम माविमा बनाइएको क्वारेन्टाइनमा ती सामाग्रीको अभाव भएको समर्पित अस्पतालका व्यवस्थापक शिशिर आङबोले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्मा गुरागाईले जिल्लामा समेत ती सामाग्रीको अभाव हुन नदिन गृहमन्त्रालय तथा प्रदेश सरकारलाई माग गरी पठाएको र चाँडै आइपुग्ने बताए । जनस्वास्थ्य कार्यालय प्रमुख नारद सुवेदीले अहिले प्रदेश सरकारबाट ५ वटा पिपिइ पाँचथर अस्पताललाई प्रदान गरिएको जानकारी दिँदै थप व्यवस्था गर्न सम्बन्धित निकायलाई अनुरोध भएको बताए । रासस



प्रतिक्रिया दिनुहोस्