Logo

पति पत्नीबिच झगडा किन हुन्छ



विवाह पछि पार्टनरसँग समस्या आउनु सामान्य कुरा हो । तर एउटै विषयमा बारम्बार समस्या आउछ भने सम्बन्धमा बस्नु भन्दा तोड्नु नै ठिक हुन्छ । विवाहित सम्बन्धमा कसरी समस्या आउछन त्यसको बारेमा चर्चा गरौ ।

एक अर्कामा कमेन्ट गर्नु । यदि एक अर्कालाई दिक्क हुनेगरी कमेन्ट गर्दा झगडाको बिउ उत्पन्न हुनेछ । यसको साथै केटीको माइति पक्षलाई तल झारेर बोल्ने कारण पनि सम्बन्ध टुट्नेको एक कारण हो ।

यदि तपाईको पार्टनर तपाइँसँग बेमतलब तरिकाले बहस गर्छ वा उसको यस्तो स्वभाव छ भने विवाह पछि सधै दुख भइरहन्छ र यसले कैयौ पटक छोडपत्र दिने सम्म पनि हुन सक्छ ।

झुठो बोल्ने र चीट गर्ने पतिको आदतको कारण श्रीमती टाढिन्छिन् ।

पतिले आपसमा कुरा लुकाएमा पत्नीलाई समस्या हुन्छ । यस्तो आदतले पार्टनरको मानसिक रुपमा दुखी बनाउछ ।

शारीरीक सम्बन्धमा पार्टनरको लगातार अनिच्छाको कारणले पनि सम्बन्ध टुट्छ ।

तपाइँको पार्टनर पुर्णरुपमा आफैमा केन्द्रित छ भने सम्बन्धमा समस्या आउछ ।

सम्बन्धमा दिल खोलेर आफ्नो कुरा राख्ने मौका नमिलेमा पनि समस्या आउछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot