Logo

नरिवल पानीको फाइदा



लामो समय नरिवल पानी उष्णकटिबन्ध क्षेत्रमा रहने हुनाले मानिसहरुले मन पराउने पेय पद्धार्थको रुपमा बनेको छ । नरिवल पानीको स्वाद यसको माटोमा निर्भर गर्दछ । यदि समुन्द्रको नजिक नरिवलका रख भएमा यसको स्वाद हल्का नुनिलो हुन्छ । विश्वको सबैभन्दा धेरै नरिवल उत्पादन गर्ने देश इन्डोनेशिया हो । यसपछि फिलिपिन्सको नाम आउछ । भारतको केरला, कर्नाटक र तमिलनाडु राज्यमा नरिवलको उत्पादन धेरै हुन्छ ।

नरिवलमा ९५ प्रतिशत पानी हुन्छ, यसमा क्यालोरी र फैट कम पाइन्छ । शरीरलार्ए आवश्यक भिटामिन, मिनरल्स र इलेक्ट्रोलाइट पाइन्छ ।

फाइदाहरु

बिहान खाली पेटमा नरिवल पानी सेवन गर्दा लिवर, कपाल, उच्च रक्तचाप, हृदय रोग, ह्यांगओभर, तौल कम गर्न, टाउको दुर्खाइ, गर्भवती समस्या, मधुमेह, गुदा रोग, छालाको समस्या आदी हटाउनको लागि निकै प्रभावकारी हुन्छ ।

वेफाइदाहरु

कसैलाई एलर्जी, सुन्निेने, सर्जरी, कम रक्तचाप आदी जस्तो अवस्थामा यसको सेवन गर्नुहुँदैन । यदि गर्नै परेमा डाक्टरको सल्लाहअनुसार गर्नुपर्छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot