Logo

आखिर ओली-वामदेवबीच बालुवाटारमा भएको के हो



काठमाडौं, १४ वैशाख । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र उपाध्यक्ष वामदेव गौतमबीच हिजो बालुवाटारमा चर्काचर्की भएको खबर आयो । गौतमले ओलीलाई बालकोट गएर आराम गर्न भनेको विषयसमेत उल्लेख भयो ।

अखबारहरुमा समेत यो कुरा आएपछि गौतमले खण्डन गरेका छन् । उनले हस्तलिखित प्रेस नोट जारी गरी आफू र प्रधानमन्त्री ओलीबीच भएको कुराकानीको मुख्य विषय समेत उल्लेख गरेका छन् । आखिर वामदेवलाई किन प्रेस नोट जारी गर्ने अवस्था बन्यो ? यो निकै अर्थपूर्ण बन्ने देखिएको छ ।

गाैतमद्वारा जारी  जारी   प्रेस नाेटमा भनिएकाे छ- ”हिजो (१३ गते) प्रधानमन्त्री क.केपी ओली र मेराबीच भएका कुराकानीका सम्बन्धमा मनमौजी किसिमले टिकाटिप्पणी भएको मैले पाएँ । पार्टीभित्र र पार्टी र सरकारका बीच, अनि अन्य पार्टी र सरकारका बीच उत्पन्न समस्या समाधान कसरी गर्ने भन्ने सम्बन्धमा छलफल भएको थियो ।”
”समय र परिस्थिति प्रतिकूल जारी अध्यादेशहरु खारेज गरिएपछि पनि अनेकौँ समस्या पार्टीभित्र उत्पन्न भएका छन् ।”

”यी समस्या समाधान पार्टी र पार्टी कमिटीलाई बाइपास गरेर गरेर होइन, प्रधानमन्त्रीले प्रत्यक्ष छलफल गरेर र सबै किसिमका विचारहरुको सामना गरेर मात्र गर्न सकिन्छ । तसर्थ, सचिवालय, स्थायी कमिटी र आवश्यक परे केन्द्रीय कमिटीको बैठक बोलाउनुस् । सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरुको सुझावलाई सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको हुँ । उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ । भएको यत्ति हो । सबैलाई यही जानकारी लिन विनम्र अनुरोध गर्दछु ।”



प्रतिक्रिया दिनुहोस्

Screenshot