Logo

को हुन् नयाँ कोरोना भाइरसका संक्रमित



काठमाडौं, १९ वैशाख । नेपालमा कोरोना भाइरसका संक्रमित संख्या सुस्तरी बढिरहेको छ । आज फेरि दुई नयाँ संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार दुवै नयाँ संक्रमित पुरुष हुन् । उनीहरु रुपन्देही र बाँके निवासी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये रुपन्देहीका २५ वर्षीय र बाँकेका ६० वर्षीय पुरुष हुन् । दुवैको वृस्तृत विवरण सार्वजनिक नगरेपनि स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार कुल ५९ संक्रमितमध्ये १६ जना नीको भई घर फर्किइसकेका छन् । ४३ जना विभिन्न अस्पतालहरुमा उपचाररत छन् ।



प्रतिक्रिया दिनुहोस्

Screenshot