Logo

नयाँ संक्रमित भेटिएनन्, ४ सय ८ जना सम्भावित जोखिमको सूचिमा



वैशाख २०, काठमाण्डौ । नेपालमा अहिलेसम्म कूल ६१ हजार ६ सय २७ जनाको कोरोना भाइरस परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २ सय ५२ वटा परीक्षण भएको छ । हालसम्म १३ हजार ९८ जनाको पिसीआर परीक्षण र ४८ हजार ५ सय २९ जनाको ¥यापिड अर्थात आरडिटी टेस्ट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।

पछिल्ला दिनमा प्रदेश सरकारमार्फत आरडटी अर्थात ¥यापिड टेस्ट परीक्षण भइरहेको छ । अहिलेसम्म प्रदेश एकमा ५२८२, प्रदेश दुईमा ५६८७, बागमति प्रदेशमा ५५१५, गण्डकी प्रदेशमा ५४११, प्रदेश पाँचमा ४२४०, सुदूरपश्चिम प्रदेशमा १३,८२३ र कर्णाली प्रदेशमा ५५७१ जनाको ¥यापिड टेस्ट सम्पन्न भएको छ ।

हालसम्म आरडिटी परिक्षणको संख्या ४८ हजार ५ सय २९ पुगेको छ । मन्त्रालयका अनुसार हालसम्म देशभरका क्वारेन्टाइनमा २२ हजार ९ सय ७८ व्यक्ति छन् । आइसोलेसनमा ८९ जना सम्भावित कोरोना संक्रमित रहेका छन् । तिमध्ये काठमाण्डौ उपत्यकामा ४ जना मात्रै छन् ।

नागरिकले कोरोनासम्बन्धी गुनासो गरुन भनेर सरकारले संचालन गरेको दुई वटा कल सेन्टरहरु (११३३ र १११५) मा पछिल्लो २४ घण्टामा २ हजार ८४ वटा कलको सम्बोधन भएको छ । हाम्रो स्वास्थ्य नामको मोबाइल एप्स र वेवसाइटमार्फत स्वास्थ्यको स्वमूल्याङ्कन गर्नेको संख्या हालसम्म २९ हजार ६ सय ८५ रहेको छ ।

तिमध्ये ३ सय १९ जना रेड जोन अर्थात सम्भावित संक्रमित मानिएको छ । स्वमूल्याङ्कनका आधार र आइसोलेसनमा रहेका गरी कूल ४ सय ८ जनालाई सम्भावित जोखिमको सूचिमा राखिएको छ । पछिल्लो २४ घण्टामा नेपालमा नयाँ संक्रमित नभेटिएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म ५९ जना संक्रमित भेटिएका हुन् भने १६ जना उपचारपछि निको भइसकेका छन् । बाँकी ४३ जनाको उपचारभइरहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot