Logo

थपिएका छ जना कोरोना भाइरसका संक्रमित को को (सुचिसहित)



काठमाडौं, २१ वैशाख । नेपालमा कोरोना भाइरसका छ जना नयाँ संक्रमित भेटिएका छन् । योसँगै कुल संक्रमित संख्या ७५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार संक्रमित १६, २१ र ३४ वर्षका पुरुष छन् । महिलाहरु ४०, ५५ र ६० वर्षका छन् । उनीहरुको स्वास्थ्य सामान्य रहेको र स्वास्थ्यकर्मीको निगरानीमा रहेको जनाइएको छ । उनीहरुको भेरी अस्पतालको प्रयोगशालामा परीक्षणका क्रममा कोभिड-१९ संक्रमण फेला परेको थियो ।

संक्रमितको विवरण

१. बाँके, नेपालगञ्ज ८ का १६ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको
२. बाँके, नेपालगञ्ज ८ का २१ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको
३. बाँके, नेपालगञ्ज ८ का ३४ वर्षीय पुरुष । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको
४. बाँके, नेपालगञ्ज ८ की ४० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको
५. बाँके, नेपालगञ्ज ८ की ५५ वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको
६. बाँके, नेपालगञ्ज ८ की ६० वर्षीया महिला । १९ वैशाखमा पत्ता लागेको जमातीको सम्पर्कमा आएका । २१ वैशाखमा पत्ता लागेको



प्रतिक्रिया दिनुहोस्

Screenshot