Logo

कुर्ता लगाउँदा निता झन् राम्री



काठमाडौ, २९ बैशाख । नायिका निता ढुंगाना नेपाली चलचित्रकी एक सफल अभिनेत्री हुन् । उनले राष्ट्रिय र अन्र्तराष्ट्रिय स्तरका पुरस्कार समेत प्राप्त गरिसकेकी छिन् । निताले अभिनय गरेका चलचित्रहरु रुमा दबाब, हाम्रो माया जुनी जुनीलाई, नोटबुक, मसान, निर्भय, छ एकान छ र पछिल्लो चलचित्र पंचायत हो ।

उनले चलचित्र पंचायतमा उत्कृष्ट अभिनेत्रीमा पुरस्कार जित्न सफल भएकी थिइन् । सामाजिक सञ्जालमा कुर्ता लगाएको आफ्नो सुन्दर तस्वीर राख्दै निताले आफुलाई कुर्तावाली भनेकी छिन् । खैरौ रंगको हल्का कर्लि गरेको कपालमा सजिएर खैरो कुर्तामा निकै आर्कषक देखिएकी छिन् । उनको तस्वीरलाई फरक फरक पोजले अझै थप सुन्दर देखाएको छ ।



प्रतिक्रिया दिनुहोस्