Logo

संसदमा प्रचण्ड : ‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेका छौं’



काठमाडौं, ३१ जेठ । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले राजतन्त्रले गुमाएको नेपाली भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आईपुगेको भन्दै गर्व महशुस गरेका छन् ।

प्रचण्डले संविधान संशोधनका लागि सहयोग गर्ने सबै राजनीतिक दल, नागरिक समाज र आम नेपाली जनतालाई धन्यवादसमेत दिएका छन्। शनिबारको प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले भने,‘राजतन्त्रले गुमाएको भूमि गणतन्त्रले फिर्ता लिने ठाउँमा आइपुगेका छौं, गुमेको भूमि फिर्ता लिने नयाँ चरणमा हामी आइपुगेका हौं। राजतन्त्रले गुमायो, गणतन्त्रले उक्त भूमि फिर्ता लिँदैछ। ऐतिहासिक गौरव सदनलाई प्राप्त हुँदैछ।’ तस्विर : संघीय संसद सचिवालय



प्रतिक्रिया दिनुहोस्