Logo

लकडाउनमा हिसां : मुद्वा संकलन गर्दैमा व्यस्त प्रहरी



असार ८, काठमाण्डौ । लकडाउन अवधिमा महिला हिंसा रोकिएको छैन । सामाजिक दुरी कायम गरेर घरमै बस्नुपर्ने बेलामा पनि हिंसामा कमी नआनुले नेपालमा महिला हिंसाले जरा गाडेको अनुमान गर्न सकिन्छ ।

चैत ११ गते दखि जेष्ठ ३२ गते सम्म मात्रै ६ सय ३८ घरेलु हिसांका मुदा दर्ता भएका छन् । त्यस्तै जवरजस्ति करणीमा ३ सय ७३, बोक्सिको आरोपमा ८ जातीय छुवाछुतमा ५, बालयौन दुराचारमा ४६ वटालगायत १ हजार २ सय २७ बटा मुद्वा दर्ता भएको छ । सामान्य अवस्थामा जस्तै लकडाउनमा पनि यस्ता घटना हुनुमा समाज नै दोषी रहेको अधिकारकर्मी बताउँछन् ।

पुरुष प्रधान मानसिकताका कारण महिलाहरु हिंसाको सिकार भएको तर राज्यका नियमन निकायले प्रभावकारी भूमिका खेल्न नसकेको महिला अधिकारकर्मी मिरा ढुंगाना बताउँछिन् ।

सुरक्षा निकायले भने हिंसाका उजुरी लिने र तथ्याङ्क संकलन गर्नेबाहेक अरु काम गरेको देखिदैन । तर त्यस्ता अपराधको अनुसन्धान र दोषीलाई कारबाही गर्ने प्रक्रियामा नेपाल प्रहरीले कुनै कसर बाँकी नराखेको प्रवक्ता निरजबहादुर शाहीको दावी छ ।

दर्ता भएका मुद्वाबाहेक बाहिर नआएका कयौँ घटना छन् । यसको अर्थ समाजमा विकृति कायम रहँदा अपराधको अन्त्य भएको छैन । यसतर्फ राज्यका नियमन निकाय चनाखो हुनु आवश्यक देखिन्छ ।



प्रतिक्रिया दिनुहोस्