Logo

आफैले पालेको कुकुरले रणबीर कपुरलाई आक्रमण गरेपछि…



बलिउड कलाकार तथा अभिनेता रणबीर कपुर प्राय कुकुर सँगै भएको भिडियो सार्वजनिक गरिरहन्थे । उनले कुकुरलाई धेरै माया गर्थे । रणबीर कपुरको केटी साथी आलिया भट्टपनि कुकुरलाई धेरै माया गर्थिन । उनीहरुले कुकुरसँग मस्ती गरेको समाजिक सञ्जाल मार्फत तस्वीर बाहिरीएका थिए ।

तर त्यति धेरै माया गर्ने कुकुरले नै आज रणबीरमाथी नै आक्रामण गरेको छ । आफ्नो प्यारो कुकुरको आक्रमणबाट घाइते भएका रणबीर उपचारको लागि अस्पताल गएका छन् ।

एक रिर्पोटअनुसार अभिनेता रणबीरलाई कुकुरले अनुहारमा हमला गरेको थियो । उनलाई लागेको चोट सामान्य नभई अलि अनुहारमा गम्भिर खाल्को चोट लागेको दैनिक जागरणले जनाएको छ । अनुहारमा लागेको चोटलाई कलाकार कसैले पनि जोखिम लिन चाहादैनन् उनी तुरुन्त डाक्टरको सल्लाह लिन अस्पताल पुगेका छन् । कुकुरले आक्रमण गर्दा लागेको चोटले रणबीर लकडाउनमा पनि उपचारको लागि अस्पताल पुगेका छन् ।

यस अघि नै अभिनेता रणबिरले कुकुर घुमाएको भिडियो बाहिर आएको थियो । आलिया भट्टले पनि कुकरसँग मस्ती गरेको रणबीरको तस्वीर इन्स्टाग्राममा सेयर गरेकी थिइन् । रणबिरलाई कुकुरले आक्रमण गरेको र उपचार भइरहेकोमा बारेमा आधिकारीक जानकारी आएको छैन् । रणबीरलाई कुकुरले आक्रमण गरेको मिडियाहरुले भने दावी गरीरहेका छन् ।

रणबीर कपुर, आलिया भट्ट र अमिताभ बच्चनलाई अयान मुर्खजीद्धारा निर्देशित फिल्म ‘ब्रह्मास्त्र’ मा छिट्टै एकैसाथ देख्न पाइने छ ।

दैनिक जागरणबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot