Logo

घुस लिने शैली बदलियोः अख्तियार प्रमुख घिमिरे



काठमाडौं, साउन १२ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले पछिल्लो समय घुस लिने र दिने प्रकृति नै बदलिएको बताए। प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले आइतबार आयोगका पदाधिकारीसँग गरेको छलफलमा उनले अख्तियारको सक्रियताका कारण घुस्याहाहरूले विभिन्न विधि अपनाउन थालेको बताएका हुन्।

‘अहिले घुस लिने प्रकृतिमा बदलाव आएको छ, छिमेकी राष्ट्रमा गएर पैसा लिने प्रकृतिसमेत देखिएको छ’, प्रमुख आयुक्त घिमिरेले भने, ‘अर्काको नाममा खोलिएको बैंकमा पैसा जम्मा गर्न लगाउने र भौचर घुस लिने प्रकृति पनि देखिएको छ।’ अनुसन्धानका क्रममा कसैमाथि पक्षपात नगरेको घिमिरेले प्रष्ट पारे। ‘हाम्रा लागि सामान्य नागरिक र ठूला व्यक्ति उस्तै हुन्, उनीहरूका समस्या पनि उस्तै हुन्’, उनले भने, ‘हामीले अनुसन्धानका क्रममा आफ्ना नातेदार पनि छाडेका छैनौं।’ अख्तियारको सक्रियताका कारण भष्टाचार बढेको जस्तो देखिएको समेत प्रमुख आयुक्त घिमिरेले बताएको आजको अन्नपूर्ण पोस्ट् दैनिकमा खवर छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot