Logo

अक्षय कुमार फोब्सको धनीको सुचीमा



एजेन्सी, ३० साउन । फोब्स म्यागाजिनको ताजा सुची अनुसार बलिउड अभिनेता अक्षकुमार सबैभन्दा महङ्गा कलाकार हुन्, त्यसो त विश्वभरका कलाकारहरुमा अक्षयकुमार छैठौमा पर्छन् । यस सुची अनुसार अक्षयको गएको वर्ष ३ सय ६२ करोड भारु कमाई भएको थियो, तर सबैलाई थाहा नहुन सक्छ उनको यति धेरै कमाई हुनुको कारण फिल्म मात्र नभएर विज्ञापन पनि हो ।

फिल्मफेयर वेबसाइटको अनुसार अक्ष कुमार यस समयमा ३० उत्पादक कम्पनीको विज्ञापन गरिरहेका छन्, जसमा कज्युमर प्रोडक्टसबाट लिएर लग्जरी सामान सम्ममा पर्छन् । एक रिर्पोटको अनुसार उनले एक विज्ञापनको लागि प्रतिदिन २ देखि ३ करोड भारु लिदै आएका छन् । अक्षकुमारको ब्रान्डको मुल्य ७४२ करोड रुपैयाँको वरिपरि रहेको छ ।

उनी बलिउडको सबैभन्दा विश्वासिलो नायकमा पर्छन् । २०१९ मा उनको ४ फिल्म रिलीज भएका थिए र चारै फिल्म निकै सफल भए । पछिल्लो वर्ष अक्षकुमारको पहिलो रिलीज केसरी थियो, जसले १५३ करोडको कलेक्सन घरेलु बक्स अफिसले गरेको थियो । दोस्रो फिल्म मिशन मंगल थियो, जसले २०० करोड जम्मा गरेको थियो ।

त्यसै गरी तेस्रो फिल्म हाउसफुल–४ ले २०६ करोड जम्मा गरेको थिया भने चौथो गुड न्युजले २०१ करोड रुपैयाँ संकलन गरेको थियो । यो वर्षपनि उनका चार फिल्म रिलीज हुनेवाला थियो । तर कोविड–१९ का कारण फिल्म हल बन्द भएकाले रिलीज हुन पाएका छनैैन् र केहि ओटिटी प्लेटफर्ममा लागिरहेका छन् । अक्षकुमारको सुर्यवंशी मार्च महिनामा आउदै थियो । करोहित शेट्टीले निर्देशन गरेका फिल्म बक्स अफिसमा धमाका दिने थियो ।



प्रतिक्रिया दिनुहोस्

Screenshot