Logo

कमल थापाले गरे मनिषाको प्रंशशा



काठमाडौं, ३२ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले बलिउड नायिका मनिषा कोइरालाको खुलेर प्रंशसा गरेका छन् । राष्ट्रियताको पक्षमा सधै सशक्तरुपमा उभिएको, हजुर बुुबा बिपीको बिचारलाई निरन्तरता दिएको र क्यान्सर जस्तो रोगमाथि विजय प्राप्त गरी सबैको प्रेरणाको श्रोत बन्न सफल भएको भन्दै प्रशंशा गरेका हुन् ।

मनिषाको जन्मदिनको उपलक्ष्यमा थापाले सामाजिक सञ्जालमार्फत शुभकामना दिदै खुलेरै प्रंशसा गरेका हुन् । पछिल्लो समय मनिषा राष्ट्रियताको पक्षमा खुलेर प्रस्तुत भएकी थिइन् । उनले सीमाको विषयमा देशको हितमा बोलेकी थिइन् । मनिषाले बेला बेलामा राजसंस्थाको पक्षमा बोल्ने गरेकी छिन् ।

मनिषाले केहि वर्ष अघि आाफ्नो पाठेघरमा भएको क्यान्सरलाई जितेकी थिइन् । जन्म नेपालमा भएर पनि कर्म क्षेत्र भारतलाई बनाएकी मनिषा लामो समय बिरामी भए पछि नेपालमा बाबु आमासँग बस्दै आएकी छिन् । उनी बिपी कोइरालाकी नातिनी र प्रकाश कोइरालाकी छोरी हुन् ।

कमल थापाले लेखेका छन्ः



प्रतिक्रिया दिनुहोस्

Screenshot