Logo

स्थानीय तहमा बढ्यो अनियमितता



काठमाडौं, भदौ १ । असार ३१ गते घुस रकमसहित पक्राउ परेका कल्याणपुर नगरपालिकाका मेयर सूर्यनाथ मण्डल र उनका छोरा सन्तकुमार मण्डलविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ। उनीहरूमाथि घुसरिसवत लिई भ्रष्टाचार गरेको भन्दै ५ लाख बिगो कायम गरी आरोपपत्र दायर गरिएको हो।

डिपिआर कार्य सम्पन्न गरे पनि भुक्तानी दिनुअघि घुस रकम लिन मेयर सूर्यनाथले छोरा सन्तकुमारलाई पठाएको सूचनाका आधारमा अख्तियारको बर्दिबास कार्यालयबाट खटिएको टोली खटिएको थियो। उक्त टोलीले सन्तकुमारलाई ५ लाख रूपैयाँ घुससहित पक्राउ गरेको अख्यिार प्रवक्ता तारानाथ अधिकारीले बताए।

अनुसन्धानका क्रममा सूर्यनाथ र सन्तकुमारले मिलेमतो गरी डिपिआर कार्य सम्पन्न भए पनि चेक रोकेर राखेको खुलेको छ। चेक रोकेर घुस मागी मेयरले घुस लिन छोरालाई पठाएको अनुसन्धानबाट खुलेको अख्तियारको भनाइ छ। चेक साट्ने अन्तिम म्यादको दिन सन्तकुमार पक्राउ परेका थिए।

सेवाग्राहीबाट छोरामार्फत घुस रकम बुझिलिएको तथ्य सप्रमाण पुष्टि हुन आएकाले मेयर मण्डलको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को कसुर भएको ठहर गर्दै अख्तियारले मण्डललाई ५ लाख बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० र दफा ३ को उपदफा ९१० को खण्ड ९घ० बमोजिम सजायको मागदाबी लिइएको छ।

त्यसैगरी मेयर मण्डलको निर्देशनमा छोराले सेवाग्राहीसँग घुस बार्गेनिङ गरी आफूलाई समेत लाभ हुनेगरी ५ लाख रूपैयाँ घुस लिएको पुष्टि भएको अख्तियारको ठहर रहेको आजको नागरिक दैनिकले खवर छापेको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot