Logo

ब्रत बस्दा कोरोनाको जोखिम- स्वास्थ्य प्रवक्ता डा. गौतम



काठमाडौं, ५ भाद्र । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले ब्रत बस्दा कोरोना भाइरसको जोखिम बढ्ने बताएका छन् । खानपान नगरी बस्दा कमजोर भइने र कोरोना भाइरसले आक्रमण गर्न सक्ने बताएका हुन् ।

आज स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा उनले भने, ‘चाडपर्व भनेर रमाइलो गर्न बाहिर ननिस्कनुहोला, ब्रत बस्दा कमजोर भई कोरोना भाइरसको जोखिम बढी हुने हुँदा खतरा हुन्छ ।’ उनले चाडपर्व घरमै बसेर मनाउन समेत आग्रह गरे ।

हरितालिका तीजमा महिलाहरु पुर्जा अर्चना गर्न निस्कने र ब्रत समेत बस्ने भएकाले स्वास्थ्य मन्त्रालयले शतर्कता अपनाउन भनेको हो ।-File Photo



प्रतिक्रिया दिनुहोस्

Screenshot