Logo

सुशान्त सिंहले किन भनेका थिए, ‘मलाई सलमान खानदेखि धेरै डर लाग्छ’



एजेन्सी, १० भाद्र । बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्यु पछि तस्वीर, भिडियो र समाचारहरु दिनहुँ आइरहेका छन् । सुशान्तको साथीहरुले उनलाई सम्झिरहेका छन् । उनीहरुले अरुलाई दोष लगाउदै आएका छन् ।

सुशान्तको साथीहरुको निशानामा स्टार किडहरु, आलिया भट्ट, वरुण भवन, रणबीर कपुर, सलमान खान पनि रहेका छन् । उनीहरुले स्टार किडको कारण सुशान्त प्रतिभाशाली हुनुको बाबजुद कामको मौका नमिलेको आरोप लगाएका छन् । स्टार किडका सन्तानहरुले अभिनय गरेको टिभी शो वा फिल्मलाई बहिस्कार गर्ने कुरा गरिरहेका छन् ।

सलमान खानलाइ लिएर पनि धेरै रिसाएका छन् । सलमानले अभिनय गरेको भोजपुरी गीतलाई पनि नराम्रो भनेका छन् । उनका बीइंग ह्युम्यान प्रोडक्टलाई पनि बहिस्कार गरिरहेका छन् । सामाजिक सञ्जालामा सलमान र सुशान्तको साथीहरुबीच जबरजस्त वार चलिरहेको छ । सलमान खानका साथीहरु आफैले लेखेका थिए, ‘सुशान्तको बारेमा नराम्रो नलेख र उनका साथीहरुसँग पनि विवाद नगर ।’

भर्खरै एक भिडियो भाइरल भएको छ जसमा सुशान्तले मलाई सलमान खानसँग धेरै डर लागिरहेको भनेका छन् । यो भिडियो कुनै कार्यक्रमको हो । कार्यक्रम संचालिकाले सुशान्तलाई भनेकी  छिन् ।सलमानको बारेमा केही त भन्नुुस ? संचालिकाको जवाफमा सुशान्तले ‘स्टार’ भनेका छन् ।

कार्यक्रम संचालिकाले सलमान तपाइँको पछाडी छन् के सलमानसँग फ्रेम सेयर गर्न चाहानुहुन्छ भनेर प्रश्न गर्दा सुशान्तले हास्दै भनेका छन्, मलाई उनी देखि धेरै डर लाग्छ ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot